पुष ४ गते सुदूरपश्चिममा सार्वजनिक बिदा
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशभर मनाइने भुवापर्वको अवसरमा पुष ४ गते (शुक्रबार) सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा पुष ४ गते भुवापर्वको अवसरमा बिदा दिने उल्लेख गरेको छ ।
यो पर्व विशेषसरि प्रदेशका डोटी, अछाम, बझाङ तथा बाजुरामा उल्लासका साथ मनाईँदै आएको पाइन्छ ।
महाभारतको कथा र पाण्डव , कौरवको युद्ध गाथा आदिलाई लिएर गीतको माध्यमबाट गाउने चलन रहेको संस्कृतिका जानकार माधव प्रसाद जोशीले बताउनुभयो । प्रदेशका विभिन्न स्थानमा विविध रीतिरिवाज अनुसार भुवा पर्व मनाइने गरिन्छ ।
रातभरि आगो बालेर देउडा खेल्ने, युद्धकलाको प्रदर्शन गर्ने यस पर्वलाई भस्सो पनि भनिन्छ । पुरुषहरूले हातमा ढाल र तरवार नचाई युद्धकला प्रदर्शन गर्ने गरिन्छ ।
कुनै– कुनै ठाउँमा बाघ, चित्तल हरिण आदीको मुकुट लगाई नचाउने प्रचलन पनि रहेको छ ।भुवा पर्व तीन देखि पाँच दिन सम्म मनाईँदै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्