शिक्षक कुँवरद्वारा स्थानीय पाठ्यपुस्तक तयार
बैतडी । बैतडीको पाटन नगरपालिका–९ को ज्ञानेश्वर नमुना माविका शिक्षक भरत बहादुर कुँवरले स्थानीय पाठ्यपुस्तक तयार पार्नुभएको छ । पाटन नगरपालिकाले जारी गरेको पाठ्यक्रम अनुसार शिक्षक कुँवरले पाठ्यपुस्तक तयार पार्नुभएको हो ।

नगरपालिकाले स्थानीय पाठ्यक्रम मात्रै तयार गरेकाले पाठ्यक्रम अनुसार सबै विद्यालयमा पठनपाठनमा केही असहजता हुने गरेकोमा पाठ्यपुस्तक तयार भएपछि अध्यापन गराउन सहज हुने विश्वास गरिएको छ ।
करिब दुई वर्ष मिहिनेत गरेर पाठ्यपुस्तक तयार पारेको शिक्षक कुँवरले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्