तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक विरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक एवं पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार  रुपियाँ भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । 

आयोगले पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उहाँ विरुद्ध  आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै आयोगले भ्रष्टाचार निवारण ऐन बमोजिम उहाँकी श्रीमती पूर्ण केशरी गोसाईंलाई समेत प्रतिवादी कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button