तपाईँ सुन्दै हुनुहुन्छः

‘गण्डकीमा पर्यटन’ कार्यक्रम प्रसारण गर्ने सम्झौता

गण्डकी । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश पोखरा र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराबीच आज ‘गण्डकीमा पर्यटन’ कार्यक्रम प्रसारण गर्ने सम्झौता भएको छ । 

सम्झौता पत्रमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशका प्रशासकीय अधिकृत राममणी ढुङ्गाना र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख शान्ती गुरुङले हस्ताक्षर गर्नुभयो ।

सम्झौता अनुसार गण्डकीमा पर्यटन कार्यक्रम प्रत्येक हप्ताको शनिबार अपराह्न ४ः०५ देखि ४ः३० बजेसम्म २५ मिनेट प्रसारण हुनेछ । 

उक्त कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र गण्डकी प्रदेश पोखराको मिडियम वेभ ६८४ किलोहर्ज, एफएम ब्याण्डको ९८ मेगाहर्जमा गोरखाको उपल्लोकोट, १०० मेगाहर्जमा पोखरा, तनहॅुको बन्दीपुर, पर्वतको दुर्लुङकोट, १०३ मेगाहर्जमा नवलपरासी बर्दघाट सुस्तापूर्व दाउन्ने र पाल्पाको बगनासकालीबाट गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकैसाथ प्रसारण हुनेछ । 

साथै रेडियो नेपाल पोखराको फेसबुक पेज एवं युट्युब च्यानल, मोबाइल एप र अनलाइन पोर्टल https://radionepalonline.com बाट पनि सुन्न सकिने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button