तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एमालेको बन्द सत्र सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।

बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरुलाई स्वागत गर्दा महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले बन्दसत्रमा सचिवालयका पदाधिकारी रहेको अध्यक्षमण्डल घोषणा गर्नुभयो । बन्दसत्रको विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ ।

आजै बसेको केन्द्रीय समितिको बैठकले भदौमा सम्पन्न विधान महाधिवेशनले गरेको विधान संशोधनलाई संशोधन गरेको छ । बैठकको निर्णय अनुसार अब एमालेको केन्द्रिय कमिटी ३ सय १ सदस्यीय हुनेछ । विधान महाधिवेशनले २ सय ५१ सदस्यीय केन्द्रिय कमिटी हुने व्यवस्था गरेको थियो ।

आजको केन्द्रिय कमिटीको निर्णय अनुसार अब अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना गरि १९ जना पदाधिकारी हुनेछन । यसैगरी स्थायी कमिटी सदस्यको सङ्ख्या पोलिटब्युरोको एक तिहाइ हुने, पोलिटब्युरो ९९ गरि केन्द्रीय कमिटीको सङ्ख्या ३०१ सदस्यीय हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button