तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा एनपिएल विजेतालाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल)को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिनुभएको छ । 

उहाँले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिनुभएको हो । 

राष्ट्रपति पौडेलले भन्नुभएको छ,“खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई विशेष धन्यवाद छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button