तपाईँ सुन्दै हुनुहुन्छः

एनपीएल सिजन–२ को विजेता बन्यो लुम्बिनी लायन्स

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । त्रिवि खेल मैदान कीर्तिपुरमा भएको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले  हराउँदै लुम्बिनीले उपाधि हात पारेको हो । सुदूरपश्चिम रोयल्सले दिएको ८६ रनको सामान्य लक्ष्य भेट्टाउँदै लुम्बिनीले उपाधि जितेको हो ।

लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाउनुभयो । कप्तान रोहित पौडेलले १६ रन बनाउँदा डार्सी सटले १४ रन थप्दा निरोशन डिकवेलाले १० रन जोड्नुभयो ।

सुदूरपश्चिमका लागि हेमन्त थामीले दुई विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरी र अविनाश बोहोराले एक/एक विकेट लिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button