तपाईँ सुन्दै हुनुहुन्छः

मधेशलाई सुशासनयुक्त प्रदेश बनाइने : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशलाई सुशासनयुक्त प्रदेश बनाउने कार्यमा आफू लाने बताउनुभएको छ ।

नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठकमा बोल्दै उहाँले प्रदेश सभामा विश्वासको मत लिई सकेपछि प्रदेशका जनताले अनुभूति गर्ने गरि काम अगाडी बढाइने बताउनुभयो । मधेश प्रदेश काँग्रेसका सभापति समेत रहनुभएका मुख्यमन्त्री यादवले आम जनताले प्रदेश सरकार भएको प्रत्यक्ष अनुभूति गर्ने गरि कामकाज अघि बढाउने दाबी गर्नुभयो ।

उहाँले प्रशासनिक पारदर्शिता, सेवा प्रवाहको प्रभावकारिता र जनउत्तरदायी शासन प्रणालीलाई सुदृढ गर्ने विषयमा पार्टी पङ्क्ति एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । पार्टीको आगामी केन्द्रीय महाधिवेशन सफल बनाउनका लागि सबै नेता तथा कार्यकर्तालाई आ–आफ्नो क्षेत्रबाट व्यवस्थित र सक्रिय रूपमा लाग्न पनि उहाँले निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button