कांग्रेस गोरखाद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि ३१ जनाको नाम सिफारिस
गोरखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस गोरखाले जिल्लाका दुई वटै निर्वाचन क्षेत्रबाट ३१ जनाको नाम सिफारिस गरेको छ ।

नेपाली कांग्रेसका वडा तथा क्षेत्रीय तहका कार्यसमितिहरूले प्रत्यक्ष र समानुपातिक दुवै तर्फका आकाङ्क्षीहरूको नाम सङ्कलन गरी जिल्ला कार्यसमितिमा सिफारिस गरेको कांग्रेस गोरखाका जिल्ला सचिव किशोरजंग थापाले जानकारी दिनुभयो ।
गोरखा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रत्यक्षतर्फ पूर्व सांसद राजेन्द्र बजगाई, भूगोल थापा, युवराज बस्ताकोटी, जर्नादन अर्याल, प्रेम खत्री, जानुका पन्त, पूर्ण दाहाल, डिल्लीराज तिमेल्सिना, चिनकाजी श्रेष्ठ र रचन परियारको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर १ बाट समानुपातिकतर्फ कमला लामिछाने, जगत बराम, हरिबहादुर गान्धारी, सन्तबहादुर गुरुङ, परशुराम भट्ट र ईश्वर पाण्डेको नाम सिफारिस सूचीमा परेको छ ।
गोरखा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रत्यक्षतर्फ दीपक बाबु कँडेल, मोहन प्रकाश पोखरेल, प्रकाशचन्द्र दुवाडी, ओम गुरुङ, बेदप्रसाद काप्री, फडिन्द्र धिताल र नवीन श्रेष्ठको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर २ बाट समानुपातिकतर्फ शोभा अधिकारी, मनोज धिताल, ईश्वरबहादुर परियार, अम्बिका न्यौपाने, सलाउदिन मियाँ र रविकला खनालको नाम सिफारिस भएको सचिव थापाले बताउनुभयो ।
दुवै क्षेत्रीय समितिबाट सिफारिस भई आएका नाममाथि जिल्ला कार्यसमितिको बैठक बसेर आवश्यक निर्णय गरी प्रदेश समितिमा पठाउने कार्यतालिका रहेको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्