नेताको विरोधको नाममा मर्यादा नाघ्नु गलत : सहमहामन्त्री राठौर
नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले नेताको विरोध हुनु स्वभाविक भए पनि नेताको विरोधको नाममा मर्यादा नै नाघ्नु गलत भएको बताउनुभएको छ । काँग्रेसको लुम्बिनी प्रदेश स्तरीय कार्यक्रमलाई आज लमहीमा सम्बोधन गर्नुहुँदै सहमहामन्त्री राठौरले नेताको कार्यशैलीको विरोध लोकतान्त्रिक संस्कारभित्रै पर्ने तर नेताको विरोधको नाममा मर्यादा नाघ्नु गलत भएको बताउनुभयो ।

राठौरले काँग्रेसमा बिपी, सुवर्ण, गणेशमान र कृष्णप्रसादकै पालामा पनि गुट एवं आन्तरिक प्रतिस्पर्धा हुने गरेको, त्यो आज पनि रहेको र भोलि पनि रहने बताउनुभयो । ‘काँग्रेसमा गुट एवं आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो तर त्यसको नाममा चार तारे झण्डा र रुख चिन्हमाथि अहित हुने काम कसैले गर्न पाउँदैन’ उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्