तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व राष्ट्रपति भण्डारीद्वारा सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा जलेर क्षतिग्रस्त भएको बानेश्वरस्थित सङ्घीय संसद् भवनको आज अवलोकन गर्नुभएको छ । 

सोही अवसरमा पूर्व राष्ट्रपति भण्डारीलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद् भवनको स्थितिबारे जानकारी गराउनुभएको थियो । 

भवनको अवलोकनपछि सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरुबीच कुराकानी भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button