तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले आज भेट गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राख्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौताको प्रक्रिया चाँडो टुङ्ग्याउनुपर्ने र राष्ट्रपतिसमक्ष हस्ताक्षर गर्नुपर्ने उहाँको भनाइ थियो । यस्तै उहाँले आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले धरपकड गरेको, धरौटी तिर्ने रकम नभएर पनि पुर्पक्षका लागि थुनामा जानुपरेको गुनासो गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button