तपाईँ सुन्दै हुनुहुन्छः

गोरखाको रिपुम गुम्बामा आगलागी

गोरखा । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । 

आज दिउँसो आगलागी हुँदा तीन तले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिनुभयो ।

आगलागीबाट भवनका करिब ५० वटा कोठा, त्यहाँ रहेका लत्ताकपडा, भाँडाकुँडा, फर्निचर सबै जलेर नष्ट भएको उहाँले बताउनुभयो । त्यहाँ लामासहित ६० जना भिक्षुहरू बस्ने गरेको र आगलागीको कारण भने खुल्न सकेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

घटनास्थलमा प्रहरी चौकी सामागाउँ र लार्के प्रहरी चौकी नाम्रुङको टोली खटेको र क्षतिको पूर्ण विवरण प्राप्त भई नसकेको उहाँले बताउनुभयो । 

यहाँको रिपुम गुम्बा एक हजार वर्षभन्दा पुरानो रहेको मानिन्छ । आगलागी भएको लामाको आवास भवन भने ४० वर्ष पुरानो हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button