तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका तीन नवनियुक्त मन्त्रीद्धारा शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेशका तिन नवनियुक्त मन्त्रीले आज सपथ ग्रहण गर्नुभएको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा नियुक्त हुनु भएका नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण सम्पन्न भएको हाे ।

प्रदेश प्रमुखको कार्यालयको आयोजना मधेश भवनमा गरिइएको शपथग्रहण समारोहमा मधेशका प्रदेश प्रमुख प्राध्यापक डा. सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु भएको थियो ।

यादव नेतृत्वको सरकारमा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादवलाई अर्थमन्त्रीको जिम्मेवार प्रदान गरिएको छ 

भने नेपाली कांग्रेसका जंगीलाल राय र नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक कनिष पटेलले विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको छ ।

बाँकी सबै मन्त्रालय मुख्यमन्त्री यादवले आफ्नै मातहतमा राख्नु भएको छ । मुख्यमन्त्री यादवले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग तथा पर्यटन मन्त्रालय, शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसङ्ख्या, ऊर्जा, सिँचाइ तथा खानेपानी, खेलकुद तथा समाज कल्याण, गृह, सञ्चार तथा कानून, वन तथा वातावरण र श्रम तथा यातायात मन्त्रालय मुख्यमन्त्री आफ्नै मातहतमा राख्नु भएको छ।

अन्य  मन्त्रीहरूको नियुक्ति छिट्टै गरिने मुख्यमन्त्री यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button