जेनजी आन्दोलनमा फरार कैदी पक्राउ
रुकुम पूर्व । जेनजी आन्दोलनका क्रममा देशका विभिन्न जेल तथा कारागार कार्यालयबाट फरार रहेका कैदी–बन्दीहरूमध्ये एक जना जबरजस्ती करणी मुद्दामा फरार कैदी रुकुम पूर्वमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हिमराज बिकका अनुसार तुल्सीपुर कारागार कार्यालयबाट फरार रहेका पुथा उत्तरगंगा गाउँपालिका–१, मैकोटका ३२ वर्षीय दीर्घराज परियारलाई जिल्ला प्रहरी कार्यालयको विशेष प्रहरी अपरेशन टोलीले फेला पारेको हो ।
प्रहरीले २०८२ मङ्सिर १९ गते घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ परेका परियारलाई कानून बमोजिम कारबाही अघि बढाइसकेको र बाँकी रहेको कैद सजाय भुक्तान गराउनका लागि रुकुम पश्चिमको कारागार कार्यालयमा पठाइएको सूचना अधिकारी बिकले जानकारी दिनुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्