बैतडीमा मिनी ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
बैतडी। बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको सुर्नया गाउँपालिका–४ को सन्सेरीमाडौँबाट धनगढीतर्फ जाँदै गरेको भे १ क १६३९ नम्बरको मिनी ट्रक सुर्नया गाउँपालिका–५ को कठेगाैँडमा बिहीबार राती पौने १२ बजेको समयमा दुर्घटना हुँदा चालक समेत रहेका सुर्नया गाउँपालिका–४ का २९ वर्षीय नरेश महराको घटनास्थलमै मृत्यु भएको हो ।
खाली ट्रकमा चालक मात्रै सवार रहेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
शुक्रवार बिहान करिब ८ बजे स्थानीयहरूले ट्रक दुर्घटनामा परेको देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । जानकारी लगत्तै जलेश्वर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।








प्रतिक्रिया राख्नुहोस्