तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेकपा एमालेले ११ औ राष्ट्रिय महाधिवेशनका लागि लोगो सार्वजनिक गरेको छ । 

महाधिवेशन प्रचार प्रसार समितिले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष  केपी शर्मा ओलीले लोगो सार्वजनिक गर्नुभयो । 

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, संविधानको संरक्षण र राष्ट्र निर्माणमा एमाले पार्टी अग्रपंतीमा रहने बताउनुभयो । 

मुलुकको समृद्धिमा एक ढिक्का भएर लाग्न राष्ट्रिय शक्तिका रुपमा एमालेलाई स्थापित गर्न महाधिवेशन सफल हुने पनि अध्यक्ष ओलीले विश्वास व्यक्त गर्नुभयो । 

पार्टीभित्र पुस्तान्तरण र हस्तान्तरणको विषय आएको भन्दै अध्यक्ष ओलीले  यस बारे सार्वभौम महाधिवेशनले निर्णय गर्ने पनि बताउनुभयो । 

एमाले पार्टी सचिव एवं प्रचार समितिका संयोजक पद्यमा अर्यालले उक्त लोगो पार्टीको इतिहास, आन्दोलन र सङ्कल्पको कलात्मक रूप भएको बताए । लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँच तल्ले दरबार, पार्टीको निर्वाचन चिन्ह आदिलाई बहुभाषिक रूपमा संयोजन गरिएको जानकारी दिनुभयो । 

यस  अवसरमा  एमालेले महाधिवेशन केन्द्रित जिङ्गल पनि सार्वजनिक गरेको छ । 

यही मङ्सिर २७ गतेदेखि देखि २९ गतेसम्म  गर्न लागिएको महाधिवेशनका लागि एमालेले मङ्सिर १३ गते प्रतिनिधि छनोट सकिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button