तपाईँ सुन्दै हुनुहुन्छः

तानसेनमा योमरी महोत्सवको तयारी 

पाल्पा । नेवारी समुदायको बाक्लो बस्ती रहेको तानसेनको टक्सार टोलमा योमरी महोत्सव हुने भएको छ । 

यही मङ्सिर १३ गते शनिवार तानसेनको टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो । मैत्री क्लब तानसेनले आज पत्रकार सम्मेलन गरी महोत्सव गर्न लागेको जानकारी दिएको हो । 

२०३६ सालमा स्थापना भएको क्लबले विभिन्न सामाजिक काम गर्दै आएको छ । क्लबले प्रत्येक वर्ष तानसेनको टक्सार टोलमा महोत्सव गर्दै आएको छ । महोत्सवमा २३ देखि २५ वटा स्टल रहने मैत्री क्लबकी अध्यक्ष पन्च शाक्यले जानकारी दिनुभयो । स्टलमा योमरीको स्टल, नेवारी खाजा, नास्ता र अन्य परिकारको स्टल रहने छन् ।  क्लबले २०७६ सालदेखि योमरी महोत्सव गर्दै आएको क्लबकी सचिव सुशीला शाक्यले बताउनुभयो । 

नेवारी भाषामा यो भनेको मन पर्ने र मरी भनेको रोटी हो । 

कार्यक्रममा पत्रकारहरूले तानसेनका होटलहरुमा योमरीको मेन्यु राख्न होटल ब्यबसायीहरुसँग छलफल गर्नुपर्ने सुझाव दिएका थिए । महोत्सव सफल पार्न तानसेन नगरपालिका वार्ड नम्बर ३ ले आर्थिक सहयोग गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button