तपाईँ सुन्दै हुनुहुन्छः

सबै सरकारी सञ्चार माध्यममा आजबाट योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ गरिएको छ : मन्त्री खरेल 

औपचारिक–निजी दुवै सञ्चारमाध्यममा सामाजिक सुरक्षा लागू गर्न मन्त्री खरेलको आग्रह

फाइल तस्बिर

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आजबाट लागु हुने गरी सबै सरकारी सञ्चार माध्यममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ गरिएको बताउनुभएको छ ।

सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्नुहुँदै सञ्चार मन्त्री खरेलले सरकारी सञ्चार माध्यमहरू सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय समाचार समिति, गोरखापत्र, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा कार्यरत सबै सञ्चारकर्मी तथा कर्मचारीहरूमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुने गरी द्विपक्षीय सम्झौता भएको जानकारी दिनुभयो ।

सञ्चार मन्त्री खरेलले कानुनी दायरामा रहेर दोहोरो नपर्ने गरी सञ्चारकर्मी तथा कर्मचारीहरूका लागि यस कार्यक्रमको सुरुवात गरिएको जानकारी गराउनुभयो ।

सो अवसरमा सञ्चार मन्त्री खरेलले औपचारिक तथा निजी सञ्चार माध्यममा समेत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न सम्बन्धित सरोकारवाला सञ्चारमाध्यमलाई आह्वान पनि गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button