बाजुरामा थपिए १ हजार ५ सय बढी नयाँ मतदाता
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै असोज १० गतेदेखि सुरु भएको मतदाता नामावली सङ्कलनमा बाजुराका युवा पुस्ता सहित सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको पाइएको छ । निर्वाचन कार्यालय बाजुराका प्रमुख अंगत महतका अनुसार नयाँ दर्तादेखि अध्यावधिक सम्म समग्र प्रक्रिया उत्साहजनक रहेको हो। जिल्लामा १ हजार५ सय ९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्। निर्वाचन कार्यालय बाजुराका अनुसार भौतिक रुपमा ८सय२२ जना नयाँ मतदाता दर्ता भएका हुन् ।भने तीमध्ये ३ सय ४७ महिला र ४सय ७५ पुरुष रहेका छन् । यसका अतिरिक्त राष्ट्रिय परिचयपत्रमार्फत ६सय ८७ जनाका नाम दर्ता भएका छन्। साथै अन्य जिल्लाबाट ७ जनाले समेत नाम दर्ता गराएका निर्वाचन कार्यालय बाजुराले जनाएको छ।त्यस्तै अध्यावधिक प्रक्रियाअन्तर्गत १सय४८ जनाले ठाउँसारी गरेका छन् भने ५५जनाले त्रुटि सच्याउने काम गराउनुभएको कार्यालय प्रमुख अंगत महतले बताउनुभयो ।
कात्तिक मसान्तसम्म नामावली सङ्कलन समाप्त गर्ने योजना भए पनि जेन्जी पुस्ताको उत्साहजनक सहभागीताका कारण निर्वाचन आयोगले म्याद थप गर्दै मङ्सिर ५ गते सम्म मतदाता नामावली सङ्कलनको प्रक्रियामा निरन्तरता दिएको थियो।








प्रतिक्रिया राख्नुहोस्