एमसीए–नेपालद्वारा १८ किमी प्रसारण लाइन निर्माण सुरू
नवलपरासी,पश्चिम्म। लेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले नवलपरासीको बर्दघाट सुस्ता पश्चिम् अन्तर्गत नयाँ बुटवल सबस्टेशन र झन्डै १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्यको औपचारिक शुभारम्भ गरेको छ।
नेपालको ऊर्जा प्रसारण क्षमता विस्तार गर्दै भारतसँग ऊर्जा व्यापार सुदृढ बनाउने दीर्घकालीन लक्ष्यसहित यो आयोजना अघि बढाइएको एमसीए–नेपालले जनाएको छ।
अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डीन आर.थम्पसन, एमसीसीका उपाध्यक्ष श जासन जार्डाइन, एमसीए–नेपालका कार्यकारी निर्देशकले संयुक्त रूपमा शुभारम्भ गर्नुभएको हो ।
एमसीसी–नेपाल कम्प्याक्ट अन्तर्गत ४०० केभी क्षमताको यो नयाँ बुटवल सबस्टेशन नेपाल–भारत सीमा नजिकै निर्माण हुने भएको हो । करिब १० हजार मेगावाटसम्मको बिजुली प्रवाह गर्न सक्ने क्षमता रहेको यस संरचनाबाट दुवै देशबिचको ऊर्जा सहयोगलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिइएको अर्थमन्त्री खनालले बताउनु भयो ।
खनालले विद्युत् पहुँच विस्तार, क्षेत्रीय ऊर्जा व्यापार, तथा आर्थिक विकासमा यो परियोजनाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
यसै गरी अमेरिकी थम्पसनले, “स्वच्छ ऊर्जामा पहुँच वृद्धि गर्ने नेपाल सरकारको प्रयासलाई एमसीसीले निरन्तर सहकार्य गर्दै आएको बताउँदै सबस्टेशन र प्रसारण लाइनको निर्माणले नेपालको ऊर्जा प्रणालीलाई थप आधुनिक, दिगो र विश्वस्त बनाउने उल्लेख गर्नुभयो ।
एमसीए–नेपालका कार्यकारी निर्देशक जाडाईनले परियोजनाले नेपाली विद्युत् प्रसारण प्रणाली मजबुत पार्ने, भारतसँग भएको ऊर्जा व्यापारलाई सहज बनाउने र दीर्घकालीन आर्थिक फाइदा दिलाउने अपेक्षा गरिएको बताउनुभयो ।
आयोजनाले नवलपरासी क्षेत्रका स्थानीय बासिन्दालाई पनि बिजुली आपूर्ति तथा प्रसारणमा सहज पहुँच पुर्याउने र दीर्घकालीन आर्थिक गतिविधि बढाउने विश्वास गरिएको छ। आगामी वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम तीव्र गतिमा अघि बढाइने एमसीए–नेपालले बताएको छ।








प्रतिक्रिया राख्नुहोस्