एनपिएल–२: काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सलाई दियो १५८ रनको लक्ष्य
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमान्डू गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ रोजेको हो । करण केसीको कप्तानीमा रहेको काठमाडौँले हालसम्म तीन खेल खेलेको छ । काठमाडौँले दुई खेलमा हार तथा एउटामा जित निकालेको छ । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ ।








प्रतिक्रिया राख्नुहोस्