तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको पाटनमा शैक्षिक सामाग्री बैङ्क स्थापना

बैतडी। बैतडीको पाटन नगरपालिकामा शैक्षिक सामाग्री बैङ्क स्थापना गरिएको छ । नगर बाल अधिकार समितिले शैक्षिक सामाग्री बैङ्क स्थापना गरेको हो । 

मङ्गलवार बसेको नगर बाल अधिकार समितिले नगरपालिका क्षेत्रभित्रका गरिब, विपन्न, टुहुरा, अपाङ्गता भएका र जेहेन्दार बालबालिकालाई शिक्षाको हक सुनिश्चित गर्न शैक्षिक सामाग्री उपलब्ध गराउनको लागि शैक्षिक सामाग्री बैङ्क स्थापना गरिएको नगर बाल अधिकार समितिका अध्यक्ष एवं नगर उपप्रमुख कमल सिंह बोहराले जानकारी दिनुभयो । 

आर्थिक अभावका कारण पढाइमा बाधा  नपुगोस् भनेर यो  बैङ्क स्थापना गरिएको नगर बाल अधिकार समितिका सदस्य शिक्षा शाखा प्रमुख ललित पाण्डेयले जानकारी दिनुभयो । 

यस बैङ्कमा सहयोगीहरूले कापी, कलम, झोला लगायतका जस्तोसुकै शैक्षिक सामाग्री सहयोग गर्न सक्ने बताइएको छ । बैङ्कमा जम्मा गरिएका शैक्षिक सामाग्रीहरूलाई आवश्यकताका आधारमा गरिब, विपन्न, टुहुरा, अपाङ्गता भएका र जेहेन्दार बालबालिकालाई उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button