एनपिएल: जनकपुर बोल्ट्सले टस जितेर बलिङ गर्दै
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको टसमा जनकपुर बोल्ट्सका कप्तान अनिल साहले टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेका छन्।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्स टस हारेर पहिले ब्याटिङका लागि उत्रिएको छ।
यस्तै आजै अपराह्न ४ बजे दोस्रो खेल साबिक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा यही मङ्सिर १ गते सुरु भएको प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्ने छ ।








प्रतिक्रिया राख्नुहोस्