गायक रत्नदिप चौधरी सम्मानित

काठमाडौँ I दोस्रो ओपासना चलचित्र म्युजिक अवार्ड २०२५ मा थारु गीत गायनतर्फ गायक रत्नदिप चौधरी सम्मानित हुनुभएको छ । उहाँले प्रस्तुत गर्नुभएकाे “हे गे नथिया वाली” शीर्षकको गीत यस वर्ष उत्कृष्टता पुरस्कारका लागि मनोनयनमा परेको थियो ।
शनिबार भएको चलचित्र म्युजिक अवार्ड २०२५ मा गायक चौधरीको गीतमा रहेको भावनात्मक अभिव्यक्ति, मधुर आवाज र थारु साङ्गीतिक शैलीलाई आधुनिक ढङ्गले प्रस्तुत गरेको भन्दै निर्णायक मण्डलले विशेष प्रशंसा गरेको थियो । अवार्ड समारोहमा कलाकार, सङ्गीतकर्मी तथा दर्शकबाट पनि गीतले उल्लेखनीय प्रशंसा बटुलेको थियो ।
सम्मान ग्रहण गर्दै चौधरीले थारु भाषा–साहित्य र सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन गरेको आफ्नो प्रयासलाई अवार्डले थप ऊर्जा प्रदान गरेको बताउनुभयो ।
ओपासना चलचित्र म्युजिक अवार्ड २०२५ले यस वर्ष पनि नेपाली तथा विभिन्न क्षेत्रीय भाषाका सर्जक तथा गायक–गायिकाको योगदानलाई सम्मानित गर्दै सङ्गीत क्षेत्रमा नयाँ उत्साह थपेको छ ।








प्रतिक्रिया राख्नुहोस्