तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि १३ दलद्वारा निवेदन पेस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म ५६ दलको निवेदन

काठमाडौँ। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि १३ राजनीतिक दलले निवेदन पेस गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि मङ्सिर १ गतेदेखि आजसम्म निवेदन पेस गर्ने कार्यक्रम निर्धारण गरिएको आयोगले जनाएको छ ।

यसैगरी, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि हालसम्म ५६ राजनीतिक दलले निवेदन पेस गरेका निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगको स्वीकृत कार्यक्रम अनुसार यही मङ्सिर १ गतेदेखि सुरु भएको निवेदन दिने क्रम १० गतेसम्म रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button