तपाईँ सुन्दै हुनुहुन्छः

झापामा ३५ हजारभन्दा बढी मतदाता थपिए

झापा । जिल्लामा ३५ हजार ९८२ जना नयाँ मतदाता थपिएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले कार्यालयमा उपस्थिति भएर जैविक विवरण (बायोमेट्रिक्स)मार्फत ११ हजार ७३३ र राष्ट्रिय परिचयपत्रमार्फत २४ हजार २४९ जना मतदाता थपिएका जानकारी दिनुभयो । 

उहाँका अनुसार झापामा नयाँ थपिएका मतदातासहितको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय पनि सकिएको छ । 

आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थपिएको कार्यालयका प्रमुख नेपालले बताउनुभयो ।

थपिएका मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो पटक मतदान गर्न पाउनेछन् । अन्तरिम सरकारले अध्यादेशमार्फत निर्वाचन कानुन संशोधन गरेर नयाँ मतदाता अद्यावधिक गर्ने निर्णय गरेपछि हाल उमेर पुगेका नागरिकले मतदाताको सूचीमा नाम दर्ता गराएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button