तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली सनातन संस्कृति र साहित्यले सामाजिक सम्वन्धलाई बलियो बनाउछ’

काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले हाँडीगाउँको ऐतिहासिक महत्व, सम्पदा र संस्कृतिले लिच्छविकालिन पहिचानलाई स्थापित गरेको बताउनुभएको छ ।

काठमाडौंको हाँडीगाउँमा कैलाशकुट सामाजिक अभियानको तेस्रो साधारण सभाको आज उद्घाटन गर्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले नेपाली सनातन संस्कृति र साहित्यले सामाजिक सम्वन्धलाई बलियो बनाउने बताउनुभयो ।

प्राध्यापक अभि सुवेदीले काठमाडौं उपत्यकाकै पुरानो बस्ती हाँडीगाउँ अनुसन्धान र साहित्यका लागि महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष वीरेन्द्र प्रजापतिले सार्वजनिक सम्पत्तिको संरक्षण र विकासमा विशेष ध्यान दिएको बताउनुभयो ।

त्यस अवसरमा इतिहास र संस्कृतिका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुभएका प्राध्यापक डाक्टर प्रयाग राज शर्मालाई सम्मान गर्नुका साथै २०१९ सालमा विशाल पुस्तकालय स्थापना गर्नुुहुने भरतमणि आचार्य दिक्षितलाई मरणेपरान्त सम्मान गरिएको थियो ।

आजै सम्पन्न कैशालकुट सामाजिक अभियानको तेस्रो साधारण सभाले महेश कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदसीय नयाँ कार्य समिति चयन गरेको छ ।

अभियानको उपाध्यक्षमा उत्तम राज त्रिपाठी, महासचिवमा मोहन कुमार पौडेल, सचिवमा प्रभुराज पौडेल कोषाध्यक्षमा गणेश बहादुर पाण्डे र सदस्यहरुमा तीर्थ बहादुर बज्राचार्य, कमल नेपाल, सुरेन्द्र प्रसाद रेग्मी, ज्योतिका महर्जन, श्यामहरि नापित र लक्ष्मी नारायण श्रेष्ठ रहनुभएको छ ।

अभियानका अध्यक्ष महेश कुमार श्रेष्ठले विभिन्न क्षेत्रमा चेतनामूलक अभियान सञ्चालन गर्नुका साथै सामाजिक हितमा काम गर्दै आएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले किराँत तथा लिच्छवि राजाहरुद्वारा निर्मित मानगृह र कैलाशकुट भवनजस्ता भव्य दरबारहरु रहेको हाँडीगाउँको ऐतिहासिक सम्पदाको संरक्षणमा ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button