तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा 

काठमाडौँ । नेपाल प्रथम ब्लाइन्ड महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

भारत र श्रीलङ्कामा जारी विश्वकपको सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान पक्का गरेको हो ।

पाकिस्तानले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि विनिता पुनले सर्वाधिक ४६ रन बनाइन् ।

अब नेपालले उपाधिका लागि भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button