तपाईँ सुन्दै हुनुहुन्छः

आज काठमाडौंमा एमालेको जनप्रदर्शन र जनसभा

काठमाडौँ । भदौ २३–२४ को आन्दोलनपछि राजनीतिक दलका सडक कार्यक्रम घटिरहेका बेला नेकपा एमालेले भने आज शनिबार राजधानीमा केन्द्रीय स्तरको ‘शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा’ आयोजना गर्न लागेको छ।

कार्यक्रम बागमती प्रदेश कमिटीको आयोजनामा प्रदर्शनीमार्गबाट सुरु हुने र रत्नपार्क परिक्रमा गर्दै भृकुटीमण्डपमा आमसभामा परिणत हुनेछ। सभामा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ।

प्रतिनिधि सभा विघटनविरुद्ध सडक र अदालत दुवै मोर्चामा सक्रिय एमालेले आजको जनसभालाई आफ्नो आन्तरिक शक्ति प्रदर्शनको अवसरका रूपमा लिएको छ।

पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार देशभरबाट नेता–कार्यकर्ता सहभागी हुँदै राजधानीमा भित्रिँदै छन्, र करिब ६० हजार उपस्थिति रहने अनुमान छ।

केन्द्रीय कमिटीको असोज ३१ गतेको निर्णयअनुसार वडादेखि जिल्लासम्मका जनपरिचालन कार्यक्रम पूरा भइसकेपछि आजको काठमाडौं जनसभा अन्तिम चरणको उपस्थिति कार्यक्रम हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button