तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय स्वयंसेवक फोर्सले सङ्कट र विपत्तिमा सघाउँछ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नवगठित राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले मुलुकमा सङ्कट र विपत्ति पर्दा जनताको सुरक्षा तथा सहयोगका लागि काम गर्ने बताउनुभएको छ ।

सो सङ्गठनको केन्द्रीय कमाण्डको घोषणा गर्न आज बबरमहलमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीले यो कसैका विरुद्ध नभई हिंसा र अराजकताविरुद्ध गठन गरिएको बताउनुभयो । यसले जनधनको रक्षा, औद्योगिक प्रतिष्ठानको सुरक्षामा सहयोग पुर्‍याउने उल्लेख गर्दै उहाँले सुरक्षा निकाय र सामाजिक संस्थासँग मिलेर काम गर्ने बताउनुभयो । 

अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनः स्थापनाबाट मुलुकको राजनीतिक निकास हुन्छ भन्ने पार्टीको अडान दोहर्‍याउनुभयो । 

कार्यक्रममा राष्ट्रिय युवा सङ्घका पूर्व उपाध्यक्ष पुष्पराज श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय स्वयंसेवक फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button