तपाईँ सुन्दै हुनुहुन्छः

निर्धारित मितिमा नै चुनाव हुन्छ: मन्त्री घिसिङ

जनकपुरधाम। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कूलमान घिसिङले नेपाल सरकारले अगामी फाल्गुण २१ गतेका लागि घोषणा गरेको चुनाव  सम्पन्न गर्नका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । 

 मन्त्री घिसिङले आज जनकपुरधाममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्नुहुँदै चुनावको तयारीमा सरकार लागेकाले चुनाव हुनेमा ढुक्क रहनका लागि सवैमा आग्रह गर्नुभयो ।

उहाँले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गराउन सरकारले आवश्यक परे सेना परिचालन गर्न सक्ने बताउनुभएको छ।  सामान्य किसिमको विवादका कारणले चुनाव नहुने विषय नसोच्नका लागि सवैमा आग्रह गर्नुभयो ।   

श्रीसीताराम विवाह पञ्चमी  महोत्सवको तयारीका विषयमा जानकारी लिनका लागि जानकी मन्दिर पुग्नु भएका मन्त्री घिसिङलाई जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले  महोत्सवबारे जानकारी दिनुभएको थियो ।

मन्त्री घिसिङ सँगै नेपाल सरकारका युवा तथा खेलकूदमन्त्री बब्लु गुप्ता जानकी मन्दिर पुग्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button