तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा ।पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

पराल बोकेको ट्याक्टर बुधबार बेलुकी साढे ५ बजेतिर दुर्घटना हुँदा स्थानीय ६५ वर्षीय मानबहादुर गाहाको मृत्यु भएको हो ।
भुवनपोखरीको दमारखोलाबाट पराल बोकेर डाँडागाउँ जाने क्रममा लु ३ त ३३२ नम्वरको ट्याक्टर दुर्घटना भएको रैनादेवी छहरा–३, का वडाअध्यक्ष प्रदीप पौडेलले जानकारी दिनुभयो ।

दुर्घटना परेको ट्याक्टरका चालक मीन बहादुर बुढाथोकी भने सकुशल रहेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button