तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा श्रम जागरण अभियान

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले श्रम जागरण अभियान सञ्चालन गरेको छ । 

श्रम संस्कृतिको विकास गर्न श्रम जागरण अभियानको थालनी गरिएको कपुरकोट गाउँपालिकाले जनाएको छ । 

गाउँ समाजको आवश्यकता अनुसार टोल विकास संस्थाको माग र वडा कार्यालयहरूको सिफारिस अनुसार यस आर्थिक वर्षमा १८ लाख बजेट बिनियोजन गरी पालिकाभर श्रममा आधारित कम्तीमा १० वटा योजना सम्पन्न गर्ने लक्ष्य गाउँपालिकाको रहेको छ ।

श्रममा आधारित योजना अन्तर्गत बाटोको स्ल्याब निर्माण, सिँचाई कुलो,विद्यालयका पर्खाल तथा गेट, खानेपानी ट्याङ्की धारा लगायतका काम गरिने गाउँपालिकाले जनाएको छ । 

श्रम अभियानको औपचारिक सुरुवात गर्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले पालिकाका नागरिकहरूमा श्रम संस्कृतिको बिकास गराई थोरै बजेटमा धेरै काम गर्नु रहेको बताउनुभयो । नागरिकहरूले श्रम गर्दा श्रममा आधारित योजनाको नागरिकमा अपनत्वबोध हुने र संरक्षण हुने पुनको भनाई छ ।

यस्तै, गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले गाउँपालिकाको आर्थिक बर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम अनुसार श्रम अभियान सञ्चालन गरेको बताउनुभयो । 

उहाँले श्रम अभियान अन्तर्गतको योजना कार्यान्वयनका लागि पालिकाबाट सामाग्री खरिद गरेर उपलब्ध गराइने भएको हुँदा श्रम गर्न चाहने जो कोही पनि प्रतिनिधिमूलक रुपमा श्रम अभियानमा जोडिन सक्ने बताउनुभयो ।

वडा नं.१ को सारपानी आधारभूत स्वास्थ्य इकाईबाट सुरु गरिएको श्रम अभियानमा प्राविधिक लागत अनुमान अनुसार टोल बस्तीमा रहेका योजना गुणस्तरीय रुपमा कार्यान्वयन हुने गरी कामलाई अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button