युक्रेनमा रूसी आक्रमण, नौ जनाको मृत्यु
युक्रेन। पश्चिमी युक्रेनको टेर्नोपिलमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।
“टेर्नोपिलको आवासीय भवनहरूमा प्रहार हुँदा दर्जनौँ मानिसहरू घाइते हुनुका साथै उनीहरुको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको हो ।
उहाँले आक्रमणको पुष्टि हुने गरी धुवाँले घेरिएका क्षतिग्रस्त भवनहरूको फोटो तथा भिडियो प्रकाशित गर्नु भएको थियो । “मानिसहरू भग्नावशेषमुनि फसेका हुन सक्ने समेत उहाँले उल्लेख गर्नु भएको छ ।
मस्कोले पछिल्लो खसमयमा युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै दैनिक ड्रोन र मिसाइल ब्यारेजहरूले तीव्र आक्रमण गरिरहेको छ ।
पछिल्लो आक्रमणको लहरमा रूसले ४७० भन्दा बढी स्ट्राइक ड्रोन र विभिन्न प्रकारका ४८ वटा मिसाइल प्रक्षेपण गरेको जेलेन्स्कीले बताउनु भएको छ ।
आक्रमणले उत्तरपूर्वी क्षेत्र खार्किव र पश्चिमी क्षेत्र इभानो–फ्रान्किभस्कमा मानिसहरूलाई घाइते बनाएको स्थानीय अधिकारीहरूले बताएका छन्। रासस/एएफपी








प्रतिक्रिया राख्नुहोस्