तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा देखि भुटान सिधा हवाई उडान शुभारम्भ 

पोखरा । पर्यटनको राजधानी पोखरा देखि भुटानको थिम्पुमा सिधा हवाई उडान शुभारम्भ भएको छ । भुटान एयरलायन्सले नेपालको पोखरा देखि भुटानसम्मको सिधा हवाई उडान आज (मङ्गलवार) देखि शुभारम्भ गरेको हो । 

भुटानस्थित  पारो  अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा खाली आएको उक्त विमानले पोखराबाट ९ जना पाहुना तथा क्रु मेम्बर सहित पारो विमानस्थलमामा सुरक्षित थिम्पु पुर्याएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । केक काटेर उडान शुभारम्भ गर्दै मेयर आचार्यले भुटान एयर र नेपालस्थित प्रतिनिधि युनिभर्सल टुर्स एण्ड ट्राभल (युटिटी) को निमन्त्रणामा आफु भुटानको थिम्पु पुगेको सामाजिक सञ्जाल (फेसबुक) मार्फत जानकारी गराउनु भएको हो । 

आज केही प्राविधिक कारणले पूर्व निर्धारित टिम सहितको यात्रा हुन नसके पनि, छिट्टै नियमित उडान सञ्चालन हुने मेयर आचार्यले विश्वास व्यक्त गर्नुभयो । यूटिटिका अध्यक्ष परासर प्रसाईँ सहितको टिमलाई मेयर आचार्यले धन्यवाद दिँदै अक्टोबरबाट सुरु हुने बताइएको पूर्वनिर्धारित कार्यक्रम नेपालमा भएको जेनजी आन्दोलनका कारण री-सेड्युल भएको उल्लेख गर्नुभयो । बाँकी नियमित सिधा उडानहरू २०२६ अप्रिलदेखि पुनः सुरु हुने भुटान एयरलाइन्सबाट जानकारी प्राप्त भएको मेयर आचार्यले बताउनु भयो । 

आफु ३ दिन भुटानमै रहने उल्लेख गर्दै मेयर आचार्यले अत्यावश्यक यस सद्भावना भ्रमणमा पनि पोखरा महानगर र नेपाल सरकारको कुनै खर्च नभएको जनाउनु भएको छ । उक्त उडानले दुवै देशको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने विश्वास व्यक्त गर्दै पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्त्वपूर्ण अवसर भएको मेयर आचार्यले जनाउनु भयो ।

१२६ सिट क्षमताको भुटान एयरलाइन्स मार्फत यात्रुहरूलाई चार रात पाँच दिनको विशेष ट्राभल प्याकेज पनि उपलब्ध गराउने भएको छ । पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा भूटान सिधा हवाई उडानको शुभारम्भ हुनुले पर्यटन व्यवसायीहरूलाई उत्साहित बनाएको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button