तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट दायर गर्ने अख्तियारी बर्तौला र बराललाई

विघठित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध सदस्यहरूको बैठक ललितपुर, २ मङ्सिरः विघठित प्रतिनिधिसभाका नेकपा (एमाले) सम्बद्ध सदस्यहरूको मङ्गलबार पार्टी कार्यालय च्यासलमा भएको बैठकमा नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली । तस्बिरः किरणराज विष्ट÷रासस

काठमाडौँ । नेकपा एमालेको आज बसको बैठकले प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेता महेश बर्तौला र सुनिता बराललाई विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दायर गरि कानूनी कारबाही अगाडि बढाउन अख्तियारी दिएको छ ।

बैठकले विघटित प्रतिनिधि सभाका क्रियाशील सम्पूर्ण संसदीय दलहरू, सबै राजनीतिक पार्टीहरू, नागरिक समाज, विभिन्न संघ संस्थाहरू तथा जुनसुकै ठाउँमा र जुनसुकै पेशा व्यवसायमा रहेका सम्पूर्ण नेपालीहरूलाई संसद् विघटनको विरोध गर्दै यसको पुनःस्थापनाको पक्षमा उभिन हार्दिक आह्वानसमेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button