तपाईँ सुन्दै हुनुहुन्छः

पोखरालाई विराटनगरको ऐतिहासिक लक्ष्य, तोड्यो आफ्नै रेकर्ड

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सलाई २२१ रनको लक्ष्य दिएको छ । यो एनपिएल इतिहासकै उच्च स्कोर हो ।

यसअघि गत संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १९३ रन बनाएको थियो । आफ्नो उक्त रेकर्डलाई विराटनगरले तोडेको छ ।

कीतिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले ६ विकेटको क्षतिमा २२० रन बनायो । जसमा लोकेश बम र मार्टिन गुप्टिलले अर्धशतकीय पारी खेले ।

गुप्टिलले ३५ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ६१ रन हिर्काए । लोकेश ४८ बलमा १ चौका र ७ छक्काको प्रहार गर्दै ७२ रनमा आउट भए ।

  गुप्टिल र लोकेशले  दोस्रो विकेटका लागि १३२ रनको साझेदारीसमेत गरे । यस्तै  शुभम रन्जनेले १६ बलमा ३८,  बसिर अहमदले १३ बलमा १ चौका र १ छक्काको मद्दतमा २३ रन जोडे । बलिङतर्फ पोखराका मार्ट टेलरले २, आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट लिए । दुवै टोली सुखद सुरूआतको खोजीमा छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button