तपाईँ सुन्दै हुनुहुन्छः

मोरङलाई हराउँदै ओखलढुङ्गाले जित्यो भलिबल उपाधि

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–१०, टाप्टिङमा सम्पन्न खुल्ला भलिबल प्रतियोगितामा मोरङलाई हराउँदै ओखलढुङ्गाले उपाधि हात पारेको छ । 

स्वर्गीय देण्डी शेर्पाको स्मृतिमा सेभेन समिट फाउन्डेशन र सोलुदुधकुण्ड नगरपालिका वडा नं.–१० द्वारा संयुक्त रूपमा आयोजित भलिबल प्रतियोगिताको फाइनलमा मोरङको बेलबारीलाई २४–२६, २२–२५ र १९–२५ को सोझो सेटमा हराउँदै ओखलढुङ्गाको चम्पादेवी विजयी भएको हो । 

प्रतियोगितामा खोटाङको रावाबेँशी–४ तेस्रो र सोलुदुधकुण्ड नगरपालिका–९, गोराखानी चौथो भएका छन्। प्रतियोगिता उत्कृष्ट हुने टोलीहरूले क्रमशः १ लाख ३१ हजार रुपियाँ, ८१ हजार रुपियाँ, ६१ हजार रुपियाँ र ३१ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा विभिन्न जिल्लाका कुल १७ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button