तपाईँ सुन्दै हुनुहुन्छः

तीनकुने आगजनीमा ज्यान गुमाएका पत्रकार रजकको परिवारलाई सुरक्षण मुद्रणमा जागिर

काठमाडाैँ। गत चैत १५ गते राजाबादी आन्दोलनको दृश्य कैद गर्दागर्दै तीनकुनेको आगजनीमा जलेर निधन भएका पत्रकार सुरेश रजकको परिवारलाई सरकारले रोजगारीको व्यवस्था गरेको छ । 

पत्रकार रजकको धर्मपत्नी सुजन मगियालाई आज सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलकाे उपस्थितिमा सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटर पदमा नियुक्त गरिएको पत्र केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले  हस्तान्तरण गर्नुभयो ।

 यस अवसरमा मन्त्री खरेलले देश र जनताका लागि जोखिम मोलेर समाचार सङ्कलन गर्ने पत्रकारहरू सधैँ असुरक्षित रहने अवस्थामा राज्यको अभिभावकीय भूमिका रहनुपर्ने विचार व्यक्त गर्नुभयो ।

दिवङ्गत  रजकलाई पत्रकार सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुहुँदै मन्त्री खरेलले  परिवारका लागि निःशुल्क उच्च शिक्षा अध्ययन गर्ने व्यवस्था गर्नसमेत पहल गरिने प्रतिबद्धता जनाउनुभयो । 

पत्रकार सुरेश रजकलाई सहिद घोषणा, तीनकुनेमा रजकको सालिक निर्माण, परिवारलाई रोजगारीको अवसर र घटनाको दोषीमाथि कारबाही लगायतका माग रजकका परिवारले गर्दै आएको छ । 

तस्बीर: मिलन ढुङ्गाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button