तपाईँ सुन्दै हुनुहुन्छः

अधिकारीलाई डिआइजी बढुवाका लागि सिफारिस

काठमाडौँ । नेपाल प्रहरीले जनपदतर्फका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले बाग्मती प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा हेटौँडामा कार्यरत अधिकारीलाई डिआइजी पदमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरीले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० अनुसार अधिकारीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button