तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा किसानको धान धमाधम खरिद गरिँदै

नेपालगञ्ज । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयले किसानको धान धमाधम खरिद गरिरहेको छ । खाद्यले यही कार्तिक २३ गतेदेखि धान खरिद सुरु गरेको थियो । कम्पनीले हालसम्म १४ सय क्विन्टल मध्यम र ४ सय क्विन्टल मोटा धान गरी १८ सय क्विन्टल खरिद गरिसकेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले नेपालगञ्जका लागि मध्यम धान ५ हजार क्विन्टल र मोटा धान १५ हजार क्विन्टल खरिद गर्ने कोटा निर्धारण गरिएकोमा मध्यम धान बढी आइरहेको बताउनुभयो । उहाँले मोटा धान बिक्रीका लागि निकै कम किसान आइरहेको बताउनुभयो । हालसम्म करिब ५० जना किसानको धान खरिद गरिसकिएको छ । 

सरकारले यस वर्षका लागि मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ६२८ रुपैयाँ ३३ पैसा तथा मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा तोकेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button