तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा शनिबार पनि राष्ट्रिय परिचयपत्र दर्ता सेवा खुला

बाँके। मतदाता नामावली संकलनमा अब राष्ट्रिय परिचयपत्रको विवरण मान्य हुने व्यवस्था लागू भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले सेवाग्राहीको सुविधा ध्यानमा राख्दै आज शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सेवा सञ्चालन गरेको छ।

निर्वाचन आयोगले राष्ट्रिय परिचय नम्बरमार्फत मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था गरेकोपछि दर्ता तथा अद्यावधिकका लागि भीड बढ्ने अपेक्षा गरिएको छ। यसैलाई मध्यनजर गर्दै नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन शनिबार समेत सेवा खुलेको प्रशासनले जनाएको छ।

प्रशासकीय अधिकृत विष्णु साहनीले जारी गरेको सूचनाअनुसार सर्वसाधारणलाई कुनै असुविधा नहोस् भनेर सप्ताहन्तमा पनि दर्ता र विवरण अद्यावधिक प्रक्रिया निरन्तर राखिएको छ।

आज शनिबार पनि जिल्ला प्रशासन कार्यालय बाँकेमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता तथा वितरण कार्य सामान्य दिनझैँ पूरा क्षमतासहित सञ्चालन भइरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button