तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका चार जनालाई चालक बिष्ट हत्या मुद्दामा जन्मकैद

बैतडी। बैतडीको पाटन नगरपालिका–६ का चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । 

बुधवार जिल्ला अदालत बैतडीले २०८१ असार १ गते चालक बिष्टको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला सुनाइएको जिल्ला अदालत बैतडीका श्रेस्तेदार विष्णुराज पन्तले जानकारी दिनुभयो । 

हत्यामा संलग्न मृतक बिरभानकी बुहारी नाता पर्ने शिक्षिका समेत रहेकी भागरथी बिष्ट, पाटन–६ कै ३८ बर्षीय भरतमोहन बिष्ट, पाटन–१ का १९ बर्षीय राजेन्द्र भट्टराई र पाटन–६का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाइएको हो भने अर्का १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाइएको हो । 

गाउँकै बुहारी नाता भागरथीको घरमा २०८१ असार १ गते हत्या गरी राखेको र त्यसको दुई दिनपछि  पाटन–पञ्चेश्वर सडक खण्डको घङाल खोलमा शव फालिएको थियो । असार ३ गते बिरभानको शव सो स्थानमा फेला परेको थियो । 

२०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्वपक्षका लागि कारागार चलान गरिएको थियो । 

बुधवार उनीहरूलाई जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालत बैतडीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button