किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले अनुदानमा गहुँको उन्नत बीउ वितरण गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका कृषि शाखामार्फत खाद्यान्न बाली गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदानमा कृषकहरूलाई वितरण कार्यक्रम अन्तर्गत विजय र बाणगंगा जातको उन्नत बीउ वितरण गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाभरिका आम किसानहरूलाई लक्षित गरी वितरण गर्नु पूर्व बीउ माग सङ्कलनका लागि ७ दिने सूचना प्रकाशन गरिएको थियो । उक्त समयभित्र माग गर्न आएका किसानहरूलाई बीउ वितरण गरिएको कृषि शाखाका नायब प्राविधिक सहायक भुवन प्रसाद पन्तले बताउनुभयो ।
कृषक, सहकारी र वडा कार्यालय समेत गरी १७७ जनालाई उन्नत जातको गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख अम्बिका रिजालले जानकारी दिनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्