तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस काउन्सिल गर्‍यो पत्रकार आचारसंहिता कार्यान्वयनबारे छलफल

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थाबारे पत्रकार महासङ्घका विभिन्न शाखाका अध्यक्षहरूसँग छलफल गरेको छ ।

काउन्सिलले आज आयोजना गरेको छलफलमा सहभागी विभिन्न शाखाका अध्यक्षहरूले जेनजी आन्दोलनपछि मिडिया ट्रायलमा सञ्चार माध्यमहरू प्रयोग भएकाले आचारसंहिता कार्यान्वयनमा समस्या भएको विचार व्यक्त गर्नुभयो । 

प्रेस काउन्सिल नेपाल बोर्ड सदस्य बालकृष्ण अधिकारीले अनलाइन र युट्युबहरूका समाचारका विषयलाई लिएर उजुरीहरू दिनेहरू बढेको बताउनुभयो ।

त्यस्तै काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषालले आचार संहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमहरूको नामावली सार्वजनिक गरी कारबाही प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । 

छलफलमा नेपाल पत्रकार महासङ्घ रेडियो नेपाल शाखाका अध्यक्ष भूषणकुमार पोखरेलले पछिल्लो समय पत्रकार भनेर चिनाउन समेत असहज हुने अवस्था आएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button