सर्वदलीय सरकार र संसद् पुनर्स्थापना एमालेको रोडम्याप: उपमहासचिव ज्ञवाली
दाङ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले संसद् पुनर्स्थापना, संविधान संशोधन, सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप भएको बताउनुभएको छ ।

प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले यस्तो बताउनु भएको हो।
संसद् पुनः स्थापना, संविधान संशोधन, जेन्जीसहितको सर्वदलीय सरकार र अर्लि इलेक्सन एमालेको रोडम्याप हो,’ ज्ञवालीले भन्नु भयो , ‘यथास्थितिमा चुनाव भएको त्यसको कुनै औचित्य हुँदैन ।’ ‘यथास्थितिमा हुने चुनाव शाही कालमा भएको स्थानीय सरकार जस्तै हुन्छ,’ उहाँले भन्नु भयो , ‘सरकारले चुनाव गराउने बताए पनि चुनावको वातावरण गराउन तयार देखिएको छैन, दलका नेताको अनुहार हेर्नु छैन भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले चुनावको वातावरण बन्न सक्दैन ।’
उहाँले संविधान घाइते अवस्थामा भएको भन्दै संविधानले नचिन्ने सरकारले शासन गरेको दाबी समेत गर्नु भयो । ‘अहिले संविधान घाइते अवस्थामा छ,’ उहाँले भन्नु भयो , ‘लोकतन्त्र खतरामा छ । संविधानले नचिन्ने सरकार छ । संविधानले अस्वीकार गरेका मन्त्री छन् ।’








प्रतिक्रिया राख्नुहोस्