तपाईँ सुन्दै हुनुहुन्छः

मङ्सिर ७ गतेदेखि दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेला आयोजना हुने

ताप्लेजुङ । ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाले अलैँचीको प्रवद्र्धन गर्न मङ्सिर ७ गतेदेखि दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेला आयोजना गर्ने भएको छ । महोत्सवमा आमन्त्रित क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताका विजेता, विधागत तर्फका विजेतादेखि अतिथि सम्मलाई मायाको चिनो दिँदा अलैँची प्रदान गर्ने भएको हो ।

फङ्फङ्देन झरना पर्यटन विकास समितिले मिक्वाखोला गाउँपालिका–४ तेम्बामा हुने आमन्त्रित अन्तर क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता हूने फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय जानकारी दिनुभयो । अध्यक्ष साँवाका अनुसार फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख २ हजार ८२ रुपैयाँ र उपविजेता हुने टिमलाई १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची पुरस्कार स्वरूप प्रदान गरिने छ ।  मङ्सिर ११ गते प्रतियोगिता सकिने र सोही दिनको अलैँचीको चलनचल्तीको मूल्यलाई आधार मानेर सोही परिमाण अनुसारको अलैँची प्रदान गरिने अध्यक्ष साँवाले बताउनुभयो ।

दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेला सम्पन्न गर्न १९ लाख ५० हजार १ सय १० रुपैयाँ बराबर आयव्यय हुने समितिले अनुमान गरेको छ । मिक्वाखोलाबासी, देशबिदेशमा रहेका दाता, स्थानीय जलविद्युत केन्द्रहरू, निर्माण व्यवसायी र मिक्वाखोला गाउँपालिका समेतको सहयोगमा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button