तपाईँ सुन्दै हुनुहुन्छः

दृष्टिविहीन टी–२० महिला विश्वकप खेल्न नेपाली टोली भारततर्फ

काठमाडौँ ।  भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुन लागेको पहिलो महिला दृष्टिविहीन टी–२० विश्वकप क्रिकेट खेल्न नेपाली टोली आज भारत प्रस्थान गरेको छ ।

यही कात्तिक २५ गतेदेखि आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई बागमती प्रदेश अपाङ्ग महासङ्घका अध्यक्ष उपेन्द्र श्रेष्ठ, राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय महासचिव सुगम भट्टराईलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । 

नेपालले पहिलो खेल कात्तिक २६ गते श्रीलङ्कासँग खेल्ने छ । 

विश्वकपमा नेपालसहित भारत, श्रीलङ्का, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका र इङल्याण्ड सहभागी छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button