तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादी त्यागेका नेताहरू एमाले प्रवेश

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरू नेकपा एमाले पार्टी प्रवेश गरेका छन् । 

नेकपा एमालेले आज सभागृहमा घर फर्क अभियान अन्तरगत आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्यहरु गम्भीर लाल श्रेष्ठ, पीताम्बर तिमल्सिना,  नवराज पौडेल, राजाराम स्याङतान, अम्बिका राई, अर्जुन राईसहित दिनौँ नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । 

पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका  अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले पार्टीको चिन्ह प्रदान गरेर नेताहरूलाई स्वागत गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button